Products ज्योति एकल भुक्तानी सावधिक जीवन बीमालेख

यस बीमा योजना अन्तर्गत पुरै बीमा अवधिको लागि बीमाशुल्क एकमुष्ठ रुपमा भुक्तानि गर्न सकिने छ ।

बीमा अवधि समाप्त मिति सम्म बीमित जिवित रहे बीमा समाप्ती मितिमा बीमाङ्क रकम तथा बोनस रकम बीमितलाई एकमुष्ठ भुक्तानि गरिने छ ।  बीमा अवघि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम तथा बोनस रकम इच्छाएको व्यक्ति वा नजिकको हकवाला लाई एकमुष्ठ भुक्तानि गरिने छ । यदि बीमितको इच्छा अनुसार बीमा गर्ने समयमा यस बीमा अन्तर्गतको बिकल्प २ रोजेमा बीमितको दोहोरो बीमा हुने छ ।

जस् अन्तर्गत यदि बीमा अवघि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम तथा बोनस रकम इच्छाएको व्यक्तिलाई एकमुष्ठ भुक्तानि गरिने छ साथै बीमा अवधि समाप्ति मितिमा इच्छाएको व्यक्ति वा नजिकको हकवाला लाई बीमाङ्क रकम बराबरको थप रकम प्रदान गरिने छ । बीमा अवधि समाप्त मिति सम्म बीमित जिवित रहे बीमा समाप्ती मितिमा बीमाङ्क रकम तथा बोनस रकम बीमितलाई एकमुष्ठ भुक्तानि गरिने छ ।

न्यूनतम बीमाङ्क रु. ५०,०००/-
अधिकतम बीमाङ्क असीमित (बीमितको आयको अनुसार)
न्यूनतम प्रवेश उमेर १६ बर्ष
अधिकतम प्रवेश उमेर  ६५ बर्ष
अधिकतम बीमा समाप्ती उमेर  ७० बर्ष
बीमा अवधि ५,१०,१५,२०,२५
बीमा शुल्क भुक्तानी अवधि एकल

बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरु:

बीमितको इच्छा अनुरुप बिकल्प १ र २ मध्ये कुनै एक बिकल्प छनौट गर्न सकिनेछ र सोहि अनुसार प्रस्ताव फारमा बिकल्प १ वा २ उल्लेख गर्नु पर्नेछ ।

विकल्प १ :

अ) बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क रकम र बोनस रकम भुक्तानी दिइनेछ ।आ) बीमा समाप्ती हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ ।

विकल्प २ :

अ)  बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा   बीमाङ्क रकम र बोनस रकम भुक्तानी दिइनेछ ।

आ) बीमा समाप्ती हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ र बीमा अवधि समाप्त हुने मितिमा बीमाङ्क रकम मात्र थप भुक्तानी दिइनेछ ।

ऐच्छीक सुविधाहरु

थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधा (हरु) लिन सकिने छ ।

१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र : यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/– सम्म (जुन कम हुनेछ) लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

२) स्थायी अपाङ्ग अशक्त सुविधा (Accidental – Total and Permanent Disability) : 

यो सुविधाहरु मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/– (जुन कम हुनेछ) सम्म लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।

३) घातक रोग (Critical Illness ) : 

यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५५ वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. ५०,००,०००/– (जुन कम हुनेछ) सम्म मात्र लिन सकिने छ ।

यो सुविधा लिएमा यदि बीमित उल्लेखित १८/३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ ।

बीमा जारी मिति:  २०१८-०१-०३