Products ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन बीमालेखको सारांश(J-320)

बीमा आर्थिक सुरक्षाको भरपर्दो माध्यम हुनुका साथै दीर्घकालीन बचत र लगानी पनि हो । यहि उत्कृष्ट विशेषताका कारण बीमाले हामीलाई हाम्रो पारिवारिक दायित्व पुरा गर्न मद्दत गर्दछ । यिनै विशेषता सहित यस कम्पनीले “ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन बीमा योजना” प्रस्तुत गरेको छ । यस बीमा योजना अन्तर्गत बीमितले बीमा अवधि भित्र लगानी गरी बीमा अवधि भित्र तथा बीमा अवधि पश्चात समेत आय श्रोतको भरपर्दो माध्यम  प्राप्त गर्न सक्नेछन् । बीमा अवधिमा मात्र नभइ, बीमा अवधि पश्चात पनि बीमितको जोखिम बहन गर्ने यस योजना खरिद गर्ने बीमितले बीमा अवधि भित्र बीमाङ्क रकम ३ पटक अग्रिम भुक्तानी प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात थप बीमाङ्क रकम २० वर्ष सम्म वार्षिकरुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बीमालेखको विशेषताहरु प्रावधान

न्यूनतम बीमाङ्क रकम रु. ५००,०००
अधिकतम बीमाङ्क रकम (बीमितको आय अनुसार) असीमित
बीमा अवधि १२ बर्ष / १५ बर्ष  / १८ बर्ष  / २१ बर्ष
बीमाशुल्क भुक्तानी अवधि बीमा अवधि बराबर
न्यूनतम प्रवेश उमेर ११ बर्ष
अधिकतम प्रवेश उमेर

 

१२  वर्षे बीमाको लागीः ५८ वर्ष

१५  वर्षे बीमाको लागी : ५५ वर्ष

१८  वर्षे बीमाको लागी : ५२ वर्ष

२१  वर्षे बीमाको लागी : ४९ वर्ष

अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष
बीमाशुल्क भुक्तानी तरिका वार्षिक / अर्धबार्षिक / त्रैमासिक वा एकल

यस बीमा योजनाका लाभहरु :

  • बीमा प्रारम्भ मिति बाट बीमालेखको देहायको बर्ष दिवसमा निम्न अनुसार बीमाङ्क भुक्तानी

दिइने छ ।

बीमा अवधि बीमा प्रारम्भ मिति बाट बीमालेखको देहायको बर्ष दिवसमा निम्न अनुसार बीमाङ्क भुक्तानी दिइने छ ।
४बर्ष ५ बर्ष ६ बर्ष ७ बर्ष ८ बर्ष १० बर्ष १२  बर्ष १४बर्ष १५ बर्ष १८ बर्ष २१बर्ष
१२ बर्ष बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३४% तथा आर्जीत बोनस
१५ बर्ष बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३४% तथा आर्जीत बोनस
१८ बर्ष बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३४% तथा आर्जीत बोनस
२१ बर्ष बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३३% बीमाङ्क रकमको  ३४% तथा आर्जीत बोनस
  • बीमा अवधि समाप्ती हुने मिति अगावै बीमालेख चालुरहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही पूरै बीमाङ्क रकम तथा नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिइनेछ । नाबालक बीमितको हकमा भने बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी  ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी दिइनेछ ।
  • बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्ती मिति पछिको २० वर्ष सम्म हरेक वार्षिकोत्सवमा बीमितलाई बीमाङ्क रकमको ५% को दरले भुक्तानी दिइनेछ ।
  • बीमा अवधि समाप्ती मिति पछि कुनै पनि समयमा बीमितको मृत्यु भएमा बीमाङ्क रकममा माथि उल्लेखित बीमा अवधि समाप्ती मिति पछि भुक्तानी भएको रकम (यदि भुक्तानी भएको भएमा) कट्टा गरि बाँकी रकम मात्र भुक्तानी दिइनेछ ।

बीमाशुल्क : बीमाशुल्क बीमितको उमेर, बीमा अवधि तथा बीमाङ्क रकम अनुसार निर्धारण गरिने छ ।

ऐच्छीक सुविधाहरु

थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधाहरु लिन सकिने छ ।

१. दुर्घटना मृत्यु लाभ :

यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम (अधिकतम रु १,००,००,०००) मूल बीमाङ्कमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

२. दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा :

यदी बीमितको दुर्घटनाको कारण मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरि इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदी बीमित दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनेछ साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००र– सम्म लिन सकिने छ ।

३. घातक रोग :

बीमा अवधिभर १८ / ३५ घातक रोगमध्ये कुनै एक निरुपण भएमा एकमुष्ठ उपचार खर्च रकम (अधिकतम रु ५०,००,०००) बीमितलाई प्रदान गरिने छ ।

प्रावधान : न्यूनतम प्रवेश उमेर : १८ बर्ष, अधिकतम प्रवेश उमेर : ५५ बर्ष, अधिकतम बीमा समाप्ती उमेर : ६० बर्ष, अधिकतम उपचार खर्च रकम : रु ५०,००,००० ।

बीमा जारी मिति: २०१९-०९-१७