Products ज्योति सुनौलो भविष्य बाल जीवन बीमा

हामी आफ्ना सन्ततिको सुनिश्चित भविष्यको लागि सधैँभरी प्रयत्नरत रहन्छौँ । हामीले सन्तानको उचित शिक्षादिक्षा तथा विभिन्न सामाजिक कार्य सफलतापूर्वक सम्पन्न गर्न बेलैमा उपयुक्त योजना तर्जुमा गर्नुपर्ने हन्छ। ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाले आफ्ना सन्ततिको भविष्य सुनिश्चित पार्ने कार्यमा तपाईलाई सधैभरी साथ दिनेछ ।

बीमालेखका बिशेषताहरु:

न्यूनतम बीमाङ्क रकम रु. १००,०००/–
अधिकतम बीमाङ्क रकम रु. २०,००,०००/–
न्यूनतम बीमा अवधि १० वर्ष
अधिकतम बीमा अवधि २५ वर्ष
बीमाशुल्क भुक्तानी अवधि बीमा अवधि बराबर
न्यूनतम प्रवेश उमेर जन्म पश्चात
अधिकतम प्रवेश उमेर १५ वर्ष
अधिकतम बीमा समाप्ती उमेर २५ वर्ष
बीमाशुल्क भुक्तानी तरिका वार्षिक/अर्धबार्षिक/त्रैमासिक

यस बीमा योजनाका लाभहरु :

  • बीमालेखको अवधि समाप्ती मितिमा बीमितलाई बीमाङ्क तथा बोनस रकम एकमुष्ठ प्रदान गरिनेछ ।
  • बीमा अवधि भित्र जोखिम प्रारम्भ मिति पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी गरिनेछ ।
  • जोखिम प्रारम्भ हुने मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेख बापत बमिकलाई भुक्तनी गरिएको बीमाशुल्क (पूरक करार (हरु) बापतको बीमाशुल्क बाहेक) को रकम एकमुष्ठ भुक्तानी दिइने छ ।

थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधाहरु लिइ यस बीमामा प्रस्तावकको (अभिभावक) पनि रक्षावरण गर्न सकिने छ । यो सुविधा लिनको लागि प्रस्तावकको उमेर १८ वर्ष देखि ५५ वर्ष हुनुपर्दछ ।

१. बीमाशुल्क छुट सुविधा :

यो सुविधा लिन प्रस्तावकको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा एक प्रस्तावकलाई मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. २०,००,०००/– सम्म मात्र लिन सकिने छ । बीमालेखको प्रस्तावकको (अभिभावक) मृत्यु भएमा वा दुर्धटनाको कारण पूर्ण अशक्त भएमा बीमा अवधि भरी बीमितले तिर्नु पर्ने बीमाशुल्क मिनाहा गरिने छ ।

२. मासिक आय सुविधा :

बीमालेखको प्रस्तावकको (अभिभावक) मृत्यु भएको खण्डमा मासिक आय सुविधा बापत बीमाङ्कको १% रकम बीमा अवधि भरी प्रदान गरिने छ ।

३. दुर्घटना मृत्यु लाभ तथा १८ घातक रोग सहित प्रस्तावकको म्यादी जीवन बीमा :

थप बीमाशुल्क भुक्तानी गरी प्रस्तावक (अभिभावक) ले छुट्टै म्यादी जीवन बीमा लिन सक्नेछन् ।

म्यादी जीवन बीमा अन्तर्गत प्राप्त हुने सुविधाहरुः

  • मृत्यु लाभ : बीमा अवधि भित्र बीमितको मृत्यु भएमा एकमुष्ठ बीमाङ्क रकम इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।
  • दुर्घटना मृत्यु लाभः यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम (अधिकतम रु ५००,०००) मूल बीमाङ्कमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।
  • १८ घातक रोगः बीमा अवधिभर १८ घातक रोगमध्ये कुनै एक निरुपण भएमा एकमुष्ठ उपचार खर्च रकम (अधिकतम रु २०,००,०००) बीमितलाई प्रदान गरिने छ ।
  • रु. ३५०,००० वा सो भन्दा माथि बीमाङ्क रकमको छुटै् म्यादी जीवन बीमा लिएमा मात्र प्रस्तावकको मृत्यु भएमा एकमुष्ठ प्रदान गरिने मृत्यु लाभ तथा घातकरोग सुविधा लिन सकिने छ । यस बीमा योजना अन्तर्गतको रक्षावरण तथा सुविधाहरु कम्पनीले जारी गरिने बीमालेख, एच्छिक सुविधा तथा सम्पुष्टिकरणमा उल्लेख गरिएका शर्त तथा कम्पनीको नियमहरु बमोजिम हुनेछ । विस्तृत जानकारीको लागी नजिकको शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।