
यस बीमा योजना अन्तर्गत पुरै बीमा अवधिको लागि बीमाशुल्क सिमित अवधि सम्म मात्र भुक्तानि गर्न सकिने छ ।
बीमा अवधि समाप्त मिति सम्म बीमित जिवित रहे बीमा समाप्ती मितिमा बीमाङ्क रकम तथा बोनस रकम बीमितलाई एकमुष्ठ भुक्तानि गरिने छ । बीमा अवघि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम तथा बोनस रकम इच्छाएको व्यक्ति वा नजिकको हकवाला लाई एकमुष्ठ भुक्तानि गरिने छ । नाबालक बीमितको हकमा भने बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी गरिनेछ ।
यदि बीमितको इच्छा अनुसार बीमा गर्ने समयमा यस बीमा अन्तर्गतको बिकल्प २ रोजेमा बीमितको दोहोरो बीमा हुने छ ।जस् अन्तर्गत यदि बीमा अवघि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम तथा बोनस रकम इच्छाएको व्यक्तिलाई एकमुष्ठ भुक्तानि गरिने छ । नाबालक बीमितको हकमा भने बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी गरिनेछ । साथै बीमा अवधि समाप्ति मितिमा इच्छाएको व्यक्ति वा नजिकको हकवाला लाई बीमाङ्क रकम बराबरको थप रकम प्रदान गरिने छ । बीमा अवधि समाप्त मिति सम्म बीमित जिवित रहे बीमा समाप्ती मितिमा बीमाङ्क रकम तथा बोनस रकम बीमितलाई एकमुष्ठ भुक्तानि गरिने छ ।
न्यूनतम बीमाङ्क | रु. ५०,०००/- |
अधिकतम बीमाङ्क | असीमित (बीमितको आयको अनुसार) |
न्यूनतम प्रवेश उमेर | ६ बर्ष * |
अधिकतम प्रवेश उमेर | ६५ बर्ष |
अधिकतम बीमा समाप्ती उमेर | ७० बर्ष |
बीमा अवधि | बीमा शुल्क भुक्तानी अवधि |
१० | ५ वर्ष |
१५ | ५ वर्ष/१० वर्ष |
२० | ५ वर्ष /१० वर्ष /१५ वर्ष |
२५ | ५ वर्ष /१० वर्ष /१५ वर्ष /२० वर्ष |
* ६ वर्ष देखि १५ वर्ष उमेरको नाबालिको हकमा सिमित अवधि भुक्तानी बीमा लिन मिल्ने छ । ६ वर्ष देखि १५ वर्ष उमेरको लागि १६ वर्षको बीमाशुल्क दर लागु हुनेछ र उक्त बीमामा कुनैपनि ऐच्छीक सुविधाहरु प्रदान गरिने छैन । सामन्यता १६ वर्ष मुनिको बीमा गर्दा अभिभावकको पनि समान बीमाङ्क रकमाको बीमा भएको हुनु पर्दछ ।
बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरु:
बीमितको इच्छा अनुरुप बिकल्प १ र २ मध्ये कुनै एक बिकल्प छनौट गर्न सकिनेछ र सोहि अनुसार प्रस्ताव फारमा बिकल्प १ वा २ उल्लेख गर्नु पर्नेछ ।
विकल्प १:
अ) बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क रकम र बोनस रकम भुक्तानी दिइनेछ ।
आ) बीमा समाप्ती हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ । नाबालक बीमितको हकमा भने बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी गरिनेछ ।
विकल्प २ :
अ) बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क रकम र बोनस रकम भुक्तानी दिइनेछ ।
आ) बीमा समाप्ती हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ । नाबालक बीमितको हकमा भने बीमितको मृत्यु भएमा २५ (पच्चिस प्रतिशत) बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ (पचहत्तर प्रतिशत) बीमाङ्क रकम तथा बोनस रकम बीमा अवधि समाप्ती मितिमा भुक्तानी गरिनेछ । साथै बीमा अवधि समाप्त हुने मितिमा बीमाङ्क रकम मात्र थप भुक्तानी दिइनेछ ।
ऐच्छीक सुविधाहरु
थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधा (हरु) लिन सकिने छ ।
१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र :
यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/- सम्म (जुन कम हुनेछ) लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।
२) दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (Accidental Death Benefit, Total Permanent Disability, Premium Waiver Benefit – ADB, TPD & PWB): यो सुविधा लिए माथि उल्लेखित “दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र” लिन आवश्यक छैन । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारण मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरि इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदी बीमित दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनेछ साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।
३) घातक रोग (Critical Illness ) : यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५५ वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. ५०,००,०००/– (जुन कम हुनेछ) सम्म मात्र लिन सकिने छ ।
यो सुविधा लिएमा यदि बीमित उल्लेखित १८/३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ ।
बीमा जारी मिति: २०१८-०१-२८