Products ज्योति म्यादी जीवन बीमा

जीवन बीमा गर्नुको प्रमुख उद्देश्य जोखिम बहन हो । जीवनमा भैपरी आउने अनिश्चित जोखिमहरु बाट हुने आर्थिक क्षतिबाट बच्न समयमै जीवन बीमा गरी परिवारको भविष्य सुनिश्चित गर्नु उपयुक्त हुन्छ ।

बीमालेखका बिशेषताहरु:

न्यूनतम बीमाङ्क रकम रु. ३५०,०००/–
अधिकतम बीमाङ्क रकम असीमित
न्यूनतम बीमा अवधि ५ वर्ष
अधिकतम बीमा अवधि ३५ वर्ष
बीमाशुल्क भुक्तानी अवधि बीमा अवधि बराबर
न्यूनतम प्रवेश उमेर १६ वर्ष
अधिकतम प्रवेश उमेर ६५ वर्ष
अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष
बीमाशुल्क भुक्तानी तरिका बार्षिक मात्र

बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरु:

बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई प्रदान गरिनेछ ।

बीमाशुल्क:

बीमितको उमेर, बीमा अवधि तथा बीमाङ्क रकमको आधारमा बीमाशुल्क गणना गरिने छ ।

ऐच्छीक सुविधाहरु:

थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधा लिन सकिने छ ।

दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB):

यो सुविधा लिन रु. १ प्रति हजार थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. ५,००,०००/– सम्म लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

बीमा जारी मिति:  २०१७-०९-२५