
प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा पूर्ण जोखिम बहन सहित राम्रो प्रतिफल प्रदान गर्ने यो बीमा योजना बीमितको लागि अत्यन्तै लाभदायी र सहज रहेको छ । यस बीमा योजनाले वार्षिक रुपमा बीमाङ्क रकमको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्दछ र सो रकम नवीकरण बीमाशुल्कमा समायोजन गरि सहज र सरल तरिकाले नवीकरण बीमाशुल्कको भारलाई व्यवस्थापन गर्न सकिने छ । बीमा अवधिभर बीमितलाई केहि भएमा भुक्तानी भइसकेको रकम कट्टा नगरि पुरै बीमाङ्क रकम आश्रितलाई वा स्वयं बीमितलाई भुक्तानी हुने भएकोले यस बीमाले अझ बढी आर्थिक सुरक्षा प्रदान गर्दछ ।
प्रावधानहरु : | |
न्यूनतम बीमाङ्क | रु. ५००,०००/- |
अधिकतम बीमाङ्क | असीमित (बीमितको आय अनुसार) |
न्यूनतम प्रवेश उमेर | १८ वर्ष |
बीमा अवधि | १० वर्ष / १५ वर्ष / २० वर्ष |
बीमाशुल्क भुक्तानी अवधी | एकल / ०५ वर्ष / १० वर्ष / १५ वर्ष / २० वर्ष |
अधिकतम प्रवेश उमेर | १० वर्षे बीमको लागि : ६० वर्ष |
१५ वर्षे बीमको लागि : ५५ वर्ष | |
२० वर्षे बीमको लागि : ५० वर्ष | |
अधिकतम बीमा समाप्ती उमेर | ७० वर्ष |
बीमाशुल्क भुक्तानी तरिका | वार्षिक / एकल |
यस बीमा योजनाका लाभहरु :
- प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५% रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा बीमालेख जारी राख्न सकिने ।
- बीमा अवधि समाप्त हुने मितिमा बाँकी बीमाङ्क रकम र नियमानुसार बोनस रकम भुक्तानी दिइने ।
- बीमा अवधि भित्र बीमितको कुनैपनि कारण मृत्यु भएमा पुरा बीमाङ्क रकम र नियमानुसार बोनस रकम एकमुष्ठ भुक्तानी दिइने ।
- मृत्यु दावीमा भुक्तानी भैसकेको रकम कट्टा नगरिने भएकोले अधिकतम बीमा सुरक्षा हुने ।
- दुर्घटनाको कारण मृत्यु भएमा दोहरो बीमा लाभ हुने ।
- दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्क छुट हुने ।
- दुर्घटनाको कारण पूर्ण अशक्त भएमा बीमाङ्कको आधारमा कम्तिमा १० वर्षसम्म मासिक अशक्त सुविधा प्राप्त हुने ।
- छुट्टै म्यादी जीवन बीमा लिई दोहोरो मृत्युलाभ तथा ३५ घातक रोग विरुद्घ ५० लाख सम्मको उपचार खर्चको सुविधा प्राप्त गर्न सकिने ।
- सहुलियत दरमा ऋण लिन पाईने ।
उदाहरणः | |
उमेर : | २० वर्ष |
बीमाङ्क रकम : | रु. २०,००,०००/- |
बीमा अवधि : | १५ वर्ष |
दुर्घटना मृत्यु लाभ : | रु. २०,००,०००/- |
अशक्त तथा बीमाशुल्क छुट सुविधा : | रु. २०,००,०००/- |
छुट्टै म्यादी जीवन बीमा (३५ घातक रोग सुविधा सहित) : | रु. २०,००,०००/- |
बीमाशुल्क भुक्तानी तरिका : | वार्षिक |
पहिलो वर्षको बीमाशुल्क : | रु १८२,३६० /- |
दोश्रो वर्ष देखि वार्षिक बीमाशुल्क : | रु ८२,३६० /- |
उदाहरण अनुसारको बीमामा पाईने सुविधाहरु :
- प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने रु. १,००,०००/- रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरी नविकरण बीमाशुल्क रु ८२,३६० /- मात्र भुक्तानी गरी बीमालेख जारी राख्न सकिने ।
- बीमा अवधि समाप्त हुने मितिमा रु. ६,००,००० /- र नियमानुसार बोनस रकम भुक्तानी दिइने ।
- बीमा अवधि भित्र कुनैपनि कारण बीमितको मृत्यु भएमा रु. ४०,००,०००/- र नियमानुसार बोनस रकम एकमुष्ठ भुक्तानी दिइने । *
- बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारण मृत्यु भएमा रु. ६०,००,०००/- र नियमानुसार बोनस रकम भुक्तानी दिइने । *
- बीमा अवधि भित्र बीमित दुर्घटनाबाट पूर्ण अशक्त भएमा १० वर्षसम्म मासिक रु. १६,६६६ /- को दरले अशक्तता सुविधा प्राप्तहुने र बाँकी अवधिको बीमाशुल्क छुट हुने ।
- बीमा अवधिभर ३५ घातक रोगमध्ये कुनै एक निरुपण भएमा रु. २०,००,०००/- एकमुष्ठ उपचार खर्च पाईने । *
- २ वर्षको बीमाशुल्क भुक्तानी भई २ वर्ष पुरा भए पछि चाहिएको समयमा समर्पण मूल्यको ८०% सम्म सहुलियत दरमा ऋण लिन सकिने ।
* मूल बीमाङ्क रकम बराबरको छुट्टै म्यादी जीवन बीमा लिई म्यादी जीवन बीमा जारी रहेमा मात्र दोहोरो मृत्युलाभ तथा ३५ घातक रोगको बीमा सुविधा प्राप्त हुनेछ ।
यस बीमा योजना अन्तर्गतको रक्षावरण, सुविधाहरु तथा अपवादहरु कम्पनीले जारी गरिने बीमालेख, ऐच्छक सुविधा तथा सम्पुष्टिकरणमा उल्लेख गरिएका शर्त तथा नियमहरु बमोजिम हुनेछ ।
विस्तृत जानकारीको लागी नजिकको शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
बीमा जारी मिति: २०२१-०१-१०