Products ज्योति धन लाभ जीवन बीमा

जीवन बीमाले आर्थिक सुरक्षा प्रदान गर्नुका साथै भविष्यको निम्ति राम्रो बचतको पनि व्यवस्था गर्दछ । बीमाशुल्क भुक्तानी माफ्र्mत नियमित बचत गरी भविष्यमा राम्रो लाभ दिने यस धन लाभ जीवन बीमाले नियमित अन्तरालमा अग्रिम भुक्तानी गरी बीमितको आर्थिक आवश्यकता बहन गर्न मद्दत गर्छ ।

बीमालेखका बिशेषताहरु:

न्यूनतम बीमाङ्क रकम रु ५०,०००
अधिकतम बीमाङ्क रकम असीमित
बीमा अवधि १२/१५/२० वर्ष
बीमाशुल्क भुक्तानी अवधि बीमा अवधि बराबर
न्यूनतम प्रवेश उमेर १६ वर्ष
अधिकतम प्रवेश उमेर ५८/५५/५० वर्ष
अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष
बीमाशुल्क भुक्तानी तरिका बार्षिक/अर्धबार्षिक/त्रैमासिक

बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरु:

देहायको मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि देहाय अनुसार बीमाङ्क रकम भुक्तानी गरिनेछ छ ।

                                                                         बीमा अवधि
बीमालेख ४ बर्ष ५ बर्ष ८ बर्ष १० बर्ष १२ बर्ष १५ बर्ष २० बर्ष
१२ वर्षे बीमाङ्क रकमको २५% बीमाङ्क रकमको २५% बीमाङ्क रकमको ५०% + आर्जित बोनस
१५ वर्षे बीमाङ्क रकमको २५% बीमाङ्क रकमको २५% बीमाङ्क रकमको ५०% + आर्जित बोनस
२० वर्षे बीमाङ्क रकमको २५% बीमाङ्क रकमको २५% बीमाङ्क रकमको २५% बीमाङ्क रकमको ४०% + आर्जित बोनस

बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क तथा बोनस रकम इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई एकमुष्ठ प्रदान गरिनेछ ।

बीमाशुल्क:

बीमितको उमेर, बीमा अवधि तथा बीमाङ्क रकमको आधारमा बीमाशुल्क गणना गरिने छ ।

ऐच्छीक सुविधाहरु:

थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधा (हरु) लिन सकिने छ ।

१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र:

यो सुविधा लिन रु. १ प्रति हजार थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

२) दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (Accidental Death Benefit, Total Permanent Disability, Premium Waiver Benefit – ADB, TPD & PWB):

यो सुबिधा लिन रू.२.५ प्रति हजार थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुबिधा लिए माथि उल्लेखित ” दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र” दिइने छैन ।

यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदी बीमितको दुर्घटनाको कारण मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरि इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदी बीमित दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनेछ साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।

३) घातक रोग (Critical Illness ):

यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५० वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. ५०,००,०००/– सम्म मात्र लिन सकिने छ ।
यो सुविधा लिएमा यदि बीमित उल्लेखित १८/३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ ।

बीमा जारी मिति: २०१७-११-१६