
बीमा तपाई तथा तपाईको परिवारलाई वर्तमान र भविष्यमा आर्थिक सुरक्षा प्रदान गर्ने उपयुक्त माध्यम हो । जीवन बीमाले बीमितलाई मात्र नभई बीमितको आश्रीतहरुलाई समेत आर्थिक टेवा प्रदान गर्दछ । यही अवधारणा स्वरुप बीमित तथा बीमितको आश्रीतहरुको भविष्य सुनिश्चित गर्न ज्योति सुरक्षित भविष्य (सावधिक तथा आजीवन) जीवन बीमा योजना प्रस्तुत गरीएको छ ।
बीमालेखका बिशेषताहरु :
न्यूनतम बीमाङ्क रकम | रु. १००,००० / – |
अधिकतम बीमाङ्क रकम | असीमित |
न्यूनतम बीमा अवधि | ५ वर्ष |
अधिकतम बीमा अवधि | ५४ वर्ष |
बीमाशुल्क भुक्तानी अवधि | बीमा अवधि बराबर |
न्यूनतम प्रवेश उमेर | १६ वर्ष |
अधिकतम प्रवेश उमेर | ६५ वर्ष |
अधिकतम बीमा समाप्ती उमेर | ७० वर्ष |
बीमाशुल्क भुक्तानी तरिका | बार्षिक / अर्धबार्षिक / त्रैमासिक |
बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरु :
बीमालेखको अवधि समाप्ती मितिमा बीमितलाई बीमाङ्क तथा बोनस रकम एकमुष्ठ प्रदान गरिनेछ ।
बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क तथा बोनस रकम इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई एकमुष्ठ प्रदान गरिनेछ ।
साथै यो बीमाले आजीवन जोखिम बहन गर्ने हुनाले अवधि भुक्तानी पश्चात पनि बीमितको मृत्युपछि बीमाङ्क रकम इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई प्रदान गरिने छ ।
बीमाशुल्क :
बीमितको उमेर, बीमा अवधि तथा बीमाङ्क रकमको आधारमा बीमाशुल्क गणना गरिने छ ।
बीमाङ्क रकम रु. १०,००,००० देखि माथिको बीमा दरमा रु. १.५ छुट हुने छ ।
ऐच्छीक सुविधाहरु
थप बीमाशुल्क भुक्तानी गरी निम्न बमोजिम थप ऐच्छीक सुविधा (हरु) लिन सकिने छ ।
१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र :
यो सुविधा लिन रु. १ प्रति हजार थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,००० / – सम्म लिन सकिने छ । यदी यदी बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरी इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।
२) दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (Accidental Death Benefit, Total Permanent Disability, Premium Waiver Benefit – ADB, TPD & PWB) M
यो सुविधा लिन रु. २.५ प्रति हजार थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा लिए माथि उल्लेखित “दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit – ADB) मात्र” लिन आवश्यक छैन । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १,००,००,००० / – सम्म लिन सकिने छ । यदी यदी बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारण मृत्यु भएमा दुर्घटना मृत्यु लाभ रकम मूल बीमाड्ढमा थप गरि इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदी बीमित दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनेछ साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।
३) घातक रोग – Critical Illness :
यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५५ वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. ५०,००,००० / – सम्म मात्र लिन सकिने छ ।
यो सुविधा लिएमा यदि बीमित उल्लेखित १८/३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ ।
बीमा जारी मिति: २०१७-१०-१७