
बीमा कम्पनीहरु बीच ज्योती लाइफ ईन्स्योरेन्स कम्पनीले आफनो सेवा शुरु गरेको कछ । जीवन वीमा व्यवसायको दायरा फराकिलो पार्दै नेपालभर सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखी शहरी तथा ग्रामिण क्षेत्रका विशेषगरी विद्यमान कम्पनीहरुले समेट्न नसकेका विभिन्न क्षेत्र, पेशा, व्यवसायमा आवद्ध नेपालीहरुलाइ जीवन वीमाको सचेतना जगाउने कम्पनीको रणनीति भएको जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।