
यस कम्पनीले काभ्रे जिल्लाको कला र संस्कृतिले भरिपूर्ण शहर पनौती नगरपालिकाको पनौती बजारमा उपशाखा कार्यालय र काठमाडौंको अनामनगरमा शाखा कार्यालयको औपचारिक शुभारम्भ गरेको छ ।
अनामनगर शाखा कार्यालयको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष श्री नन्द किशोर शर्माले गर्नु भएको थियो । यि कार्यालयहरु संचालन पश्चात कम्पनीको शाखा संजाल पुगेको जिल्ला संख्या ६९ पुगेको छ भने कुल शाखा संजाल १०९ वटा पुगेको छ । जीवन बीमा सेवामा आम सर्वसाधारणको सहज पहुँचको लागि प्रविधिको उच्चतम प्रयोगको साथै देशका सबै जिल्लाहरुमा क्रमशः शाखा/उपशाखा विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।
घातक रोग विरुद्ध सर्वाधिक रोगहरुको उपचार खर्च सहित बीमा योजना जारी गर्ने एक मात्र यस कम्पनीले हालसालै “ज्योति थ्री–२० धन बहार” जीवन बीमा योजना ल्याएकोछ जुन योजना जारी गरेको छोटो समयमा नै बीमित तथा अभिकर्ताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भै रहेको तथा आशातित रुपमा बीमालेख विक्री भैरहेकोले यस योजनाबाट बीमित अधिकतम लाभान्वित हुने प्रति कम्पनी विश्वस्त छ ।
यस योजना अन्तर्गत बीमितले बीमा अवधि भित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
धन्यवाद ।